Sagun Khabar
बैतडीबाट महाधिवेशन प्रतिनिधिमा चन्द समूहका १६ जना, भट्ट समूहका  १० जना विजयी (नाम सहित) 

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६जना महाधिवेशन प्रतिनिधिहरु चयन भएका छन् । मंगलबार सम्पन्न भएको मतदानको शुक्रबार बिहान अन्तिम परिणाम आएको हो । महाधिवेशन प्रतिनिधिमा पनि सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ । 

२६ जना महाधिवेशन प्रतिनिधि मध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन् । यस्तै शिवराज भट्ट समूहबाट १० जना विजयी भएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

खुला सदस्यमा भट्ट समूहबाट केशवबहादुर चन्द (६२२), हरिमोहन भण्डारी (५८१), उत्तरबहादुर ऐर (५६३), कर्णसिंह साउँद (५४९), दीपकबहादुर बम (५४४) र कृष्णसिंह नायक (५२३) विजयी भएका छन् । यस्तै चन्द समूहबाट दिनेशप्रसाद भट्ट (६१३), लोकराज अवस्थी (५५३), दिनेशबहादुर चन्द (५४७) र नरेन्द्रसिंह थापा (५२१) मत सहित विजयी भएका छन् । 

खुला महिला सदस्यमा चारै जना चन्द समूहबाट विजयी भएका छन् । पुनम पाल बम (५४८), जानकी भट्ट (५१४), तुलसी ठगुन्ना (५०१) र मीना चन्द (४९२) मत ल्याएर विजयी भएका छन् । 

यस्तै खस आर्य पुरुष तर्फ चन्द समूहका ३ जना र भट्ट समूहका २ जना विजयी भएका छन् । चन्द समूहबाट दिपेन्द्र बम(६०६), सुरेन्द्रसिंह ऐर (५०६) र नरेन्द्रप्रसाद भट्ट (५००) मत ल्याएर विजयी भएका छन् । यस्तै भट्ट समूहबाट तेजबहादुर चन्द (५४३) र कपील केसी (५२५ ) मत ल्याएर विजयी भएका छन् ।

यस्तै खस आर्य महिला तर्फ भट्ट समूहका २ जना र चन्द समूहका २ जना विजयी भएका छन् । भट्ट समूहका कान्ता चन्द शाही (६०१) र सरस्वती कोली (५६२) मत ल्याएर विजयी भएका छन् । यस्तै चन्द समूहबाट कौशिला चन्द (६२५) र लक्ष्मी शाह चन्द (५४७) मत ल्याएर विजयी भएका छन् । 

यस्तै अपांगताबाट चन्द समूहकै ईश्वरीदत्त भट्ट ६०८ मत ल्याएर विजयी भए भने दलित समूहबाट चन्द समूहकै सुरत पार्की ६२७ मत ल्याएर विजयी भए ।

आदीवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन् ।  यसअघि जिल्ला पदाधिकारीमा एकजना उपसभापति बाहेक सबै पदमा चन्द समूह विजयी भएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update