Sagun Khabar
एमाले केन्द्रिय सदस्यमा बैतडीका भट्ट र दयालको नाम प्रस्ताव 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–नेकपाको एमालेको केन्द्रिय सदस्य पदका लागि संविधान सभा सदस्य पुरनसिंह दयाल र प्रदेशसभा सांसद लिलाधर भट्टको नाम प्रस्ताव गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रिय सदस्यको नाम प्रस्ताव गरेकोमा बैतडीबाट दयाल र भट्टको नाम प्रस्ताव गरिएको हो । 

पार्टीका तर्फबाट आफूहरुको नाम सिफारिश भएको र कसैको दाबी विरोध भएमा चुनाव हुने प्रदेशसभा सदस्य भट्टले बताए । सोमबार बिहान साढे ९ बजे उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको उनले बताए । उनले भने ‘कसैले दाबी विरोध गरेमा निर्वाचन हुन्छ । अहिले पार्टीका तर्फबाट बैतडीका हामी दुईजनाको नाम केन्द्रिय सदस्यका लागि सिफारिश भएको छ ।’

दयाल एमालेका पुराना नेता हुन् भने भट्ट अहिले प्रदेशसभा सांसद छन् ।   
 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update