Sagun Khabar
काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र गतिमा फैलिँदै

काठमाण्डौ –  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ।

नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

ओमिक्रोन भेरियन्टको असर कम गर्न बेलायतले कोराना विरुद्धको बुस्टर डोजलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएको छ । यस्तै, बेलायतका स्वास्थ्यमन्त्रीले सार्वजनिक  मास्कलाई समेत अनिवार्य गरिएको बताएका छन् ।

यस्तै, अस्ट्रेलियाले अफ्रिकी देशबाट आउने यात्रुलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ । इजरायलले अन्य देशबाट आउने यात्रुलाई दुई हप्तासम्म प्रतिबन्ध लगाएको छ भने बाहिरी देशबाट आउने आफ्ना नागरिकलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update