Sagun Khabar
बैतडीमा लैगिंक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया र वक्तृत्वकला प्रतियोगिता 

बैतडी–बैतडीमा लैगिंक हिंसा न्यूनीकरणका लागि शनिबार अन्तरक्रिया गरिएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बैतडीको देहीमाण्डौंमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको हो । 

महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरु बोलाएर अन्तरक्रिया गरिएको दशरथचन्द नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द नगरपालिकाको आयोजना, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), पिसवीन, सीएमसी लगायतका साझेदारहरुको आर्थिक सहयोगमा अन्तरक्रिया सम्पन्न गरिएको कुँवरले बताइन् । 

अन्तरक्रिया कार्यक्रममा महिलामाथि हुने विभिन्न किसिमका हिंसा अन्त्यका लागि छलफल भएको उनले बताइन् । उनले भनिन् ‘अझै पनि हाम्रो समाजमा महिलामाथि विभिन्न खालका हिंसा भईरहेका छन् । यस्ता खालका हिंसा अन्त्यका लागि सबैले हातेमालो गर्नु आवश्यक छ ।’

यस्तै लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न गरिएको पिसवीनका कार्यक्रम संयोजक माधव भट्टले बताए । लैगिंक हिंसा अन्त्य बिषयक वक्तृत्वकला प्रतियोगिता निङ्गलाशैनी मावि देहीमाण्डौंमा सम्पन्न गरिएको हो । सो प्रतियोगितामा ४ ओटा विद्यालयका किशोरीहरुको सहभागिता रहेको थियो । 

वक्तृत्वकला प्रतियोगितामा निंगलाशैनी माविका हेमन्ती बिजले प्रथम, मणिलेक मावि गुरुखोलाका हिरा भाट द्वितीय र बग्लेखान माविका मानिषा जोशी तृतीय भएका छन् । उनीहरुलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार समेत वितरण गरिएको छ । 

दुवै कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले लैगिंक हिंसा अन्त्यका लागि समाजका सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update