Sagun Khabar
पिडित भवानी अवस्थीलाई सहयोग रकम हस्तान्तरण

बैतडी-बैतडीको सुर्नया गाउँपालिका ६ घर भई हाल भारतमा मजदुरी गर्दै आएका भवानीदत्त अवस्थीका परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । रोजगारीको सिलसिलामा भारतको हैदरावादमा रहेका अवस्थीको एक महिना पहिला कलेजो र मृगौलामा समस्या आएपछि सहयोग अभियान सञ्चालन गरिएको थियो । 


आर्थिक अभावका कारण अवस्थीको उपचार हुन नसकेपछि उपचारमा सहयोग पुर्‍याउन शिवांश हेल्प फाउण्डेसनका तर्फबाट सहयोग अभियान सञ्चालन गरिएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital


सोही अभियान अन्तर्गत स्वदेश तथा विदेशबाट प्राप्त भएको ४० हजार ६३५ रुपैंया उनका परिवारजनलाई हस्तान्तरण गरिएको शिवांश हेल्प फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 


यस्तै भारतमै संकलन भएको ४४ हजार ७४५ रुपैंया यसअघि नै भवानीदत्त अवस्थीले प्राप्त गरिसकेका थिए । 
समस्यामा परेका नागरिकलाई शिवांश हेल्प फाउण्डेसनले सहयोग गर्दै आएको अध्यक्ष अवस्थीले बताए । भवानीदत्त अवस्थीको उपचारका लागि फाउण्डेशनको पहलमा नेपाल र भारतमा गरेर ८५ हजार ३८० रुपैंया संकलन भएको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update