Sagun Khabar
भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

तमिलनाडुको नीलगिरी जिल्लाको कुन्नुरमा आज बुधवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । 

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख ९सीडीएस० बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेको एएनआईले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 


दुर्घटनाग्रस्त भएको सेनाको यो हेलिकप्टर एमआई सिरिजको थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । 

रावतलाई गएको जनवरी १ मा देशका पहिला सीडीएस नियुक्त गरिएको थियो । 

हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ । 

भारतीय रक्षामन्त्री राजनाथ सिंहलले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने बताइएको छ

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update