Sagun Khabar
हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन

काठमाण्डौं –भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतको निधन भएको छ । तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा जनरल रावत र उनकी पत्नी मधुलिकाको निधन भएको हो । 

भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो । भारतीय वायु सेनाका अनुसार यो एमआई १७बी ५ हेलिकप्टर थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसो नै बिपिन रावतको घर पुगेर उनको परिवारसँग भेट गरेका थिए ।  त्यसपछि सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि बिपिन रावतको घर पुगेका थिए ।  

जनरल रावत सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थिए ।  यो हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update