Sagun Khabar
विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख नाघ्यो, साइप्रसमा नयाँ भेरियन्ट भेटिएकाे पुष्टि

विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख नाघेको छ ।

दुई वर्षअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ५५ लाख पाँच हजार जनाभन्दा धेरैले ज्यान गुमाएका वर्ल्डओमिटरले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १८ लाख ४८ हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएसँगै केही दिनदेखि विश्वभर सङ्क्रमण फैलने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा तीन लाख ६ हजार र भारतमा एक लाख ८० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

Atrya hospital

विश्वमा अहिलेसम्म ३० करोड ७८ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ करोड ९५ लाखभन्दा धेरै सङ्क्रमित निको भएका छन् ।

यसैबीच ओमिक्रोन भेरियन्ट फैलिरहेको बेला साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ ।

डेल्टा र ओमिक्रोनको मिश्रित नयाँ भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । २५ जनामा डेल्टाक्रोन पुष्टि भएकोमा ११ जनाको अस्पतालमा उपचार भइरहेको  युनिभर्सिटी अफ साइप्रसले जनाएको छ । नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् । 

-उज्यालो 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update