Sagun Khabar
बैतडीको पाटनमा एक युवकको शव फेला 

बैतडी –बैतडीको पाटनमा एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका ६ हिरापुर नजिक सडकभन्दा करीब ५० मिटर तल अन्दाजी २६ बर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

ती युवकको शव सडेको अवस्थामा आज फेला परेको र शवको केही भाग स्यालले खाएको अवस्था रहेको प्रहरी निरीक्षक शाहीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मृतकको शवसंगै दशरथचन्द नगरपालिका १ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ । शव चिनिने अवस्थामा नरहेकाले नागरिकता मृतककै हो कि अरुको हो भन्ने यकिन भईनसकेको प्रहरीले जनाएको छ । 

शव कसको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update