Sagun Khabar
तीन महिनाको सेवा सुविधा कोरोना कोषमा जम्मा गर्ने कटारीका मेयरको घोषणा 

उदयपुर- उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र कुमार श्रेष्ठले तीन महिनाको रकम कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आफूले नगरपालिकाबाट पाउने बैठक भत्ता, भ्रमण भत्ता लगायतका भत्ता वापत आउने तीन महिनाको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको नयाँ भेरियन्टले नेपालमा पनि आतंक मच्चाएको छ । कोरोनासँग लड्न मासिनहरुलाई निकै नै मुस्किल भई रहेको छ । कतै बजेट अभावमा स्थानीय तहले पनि प्रभावकारी कदम चाल्न सकेको छैन । माहामारीको समयमा नागरिकको जीउधनको रक्षा गर्नु सबै नागरिकको दायित्व भएको भन्दै आफूले पनि तीन महिना बराबरको भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनले भने, ‘अहिले देश विषय परिस्थितिबाट गुज्रिरहेको छ । कोरोनाले महामारीले सबैलाई आक्रान्त पारेको छ । यस्तो बेलामा जो सँग जे छ, जस्ले जति सक्छन् संक्रमित र तिनको उपचारको लागि सहयोग गर्नु आवश्यक छ ।’ संकटमा जुट्ने नेपालीहरुको विशेषता भएको भन्दै मेयर श्रेष्ठले आफू नेतृत्वको कटारी नगरपालिकाले पनि संक्रमण नियन्त्रण तथा रोकथामका लागि अनेकन प्रयासहरु जारी राखेकोले यसमा सबै नगरवासीले सहयोग गर्न अपील गरे । ‘हामी पनि हात बाँधेर बसेका छैनौं, हाम्रा तर्फबाट सके जति प्रयास कोरोना नियन्त्रण र रोकथाममा नै जारी राखेका छौं, नागरिकले पनि आफ्नो तर्फबाट सकेको प्रयास गरे कोरोनालाई सजिलै जित्न सकिन्छ । ’

उनले सरकारले लागू गरेको निषेध आदेशको पूर्ण पालना गर्न र घरमै बसेर रोगसँग लड्न नगरवासीमा आव्हान गरे ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update