Sagun Khabar
बैतडीको तस्वदेही इलाका प्रहरी कार्यालय ‘क’श्रेणीमा स्तरोन्नती 

बैतडी – बैतडीको मेलौली नगरपालिकास्थित तस्वदेही इलाका प्रहरी कार्यालयको स्तरोन्नती गरिएको छ । गृह मन्त्रालयले उक्त इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीको बनाएको हो । 

इलाका प्रहरी कार्यालयको स्तरोन्नती भएसंगै अब त्यहाँ प्रहरी निरीक्षक इन्चार्ज हुनेछन् । तस्वदेही इलाका प्रहरी कार्यालयको स्तरोन्नती भएपछि तल्लोसोराडका नागरिक खुसी भएका छन् । अब मेलौलीस्थित इलाका प्रहरी कार्यालयमा पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको क्षेत्र हेर्नेछ । सो क्षेत्रको जनसंख्या ७० हजार भन्दा बढी रहेको छ । 

मेलौलीस्थित इलाका प्रहरी कार्यालयको स्तरोन्नती भएपनि पुर्चौंडीस्थित पुरघाट प्रहरीचौकीको भने स्तरोन्नती भएको छैन् । सो चौकीलाई पनि स्तरोन्नतीका लागि माग गरिएको थियो । 

Atrya hospital

तस्वदेही इलाका प्रहरी कार्यालयलाई स्तरोन्नती गर्नका मेलौली नगरपालिकाले लिखित रुपमै अनुरोध गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update