Sagun Khabar
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । देउलेक –गर्जे सडक अन्तर्गत बैतडीको सिगास ९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका अन्दाजी २७ बर्षीय धनराम चौधरीको मृत्यु भएको हो । 

आज साँझ ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करीब डेढसय मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंग तर्फ आउँदै गरेका बुझिएको छ । उनी बझाङको बित्थडचीर गाउँपालिकाका काली ओडको ट्याक्टरका चालक समेत रहेका थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाको बिषयमा थप अनुसन्धानका लागि घटनास्थल तर्फ प्रहरी टोली गएको प्रहरी प्रवक्ता खड्काले बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update