Sagun Khabar
बैतडीमा डम्मर हत्या प्रकरण : थप एकजनामाथि सोधपुछ हुँदै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ का डम्मर अवस्थी हत्या प्रकरणमा थप एकजनामाथि प्रहरीले सोधपुछ शुरु गरेको छ । गाउँकै शिक्षक समेत रहेका रमाकान्त अवस्थीलाई बोलाएर सोधपछ शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । उनले भने ‘घटनाका बिषयमा एकजनालाई सोधपुछका लागि बोलाएका छौं । उनीमाथि सोधपुछ हुँदैछ ।’

यसअघि डम्मरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरिश अवस्थी र नवराज अवस्थीले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि अदालतबाट दोश्रो पटक म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खड्काले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पौष २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको हो । डम्मरको शव फेला परेको १० दिन भईसक्दा समेत आफन्तले शव बुझेका छैनन् । हत्यामा संलग्न सबैको पहिचान गरी कारवाही हुनुपर्ने, उचित क्षतिपूर्ती दिनुपर्ने लगायतका मागहरु परिवारजनले अगाडि सारेका छन् । 

यस्तै डम्मर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएकाले उनको पार्टीले शहीद घोषणा गर्नुपर्ने माग समेत अघि सारेको छ । 

यसैबीच हत्या गरिएको ठाउँबाट डम्मरले लगाएको जुत्ता र ब्याट्री प्रहरीले फेला पारेको छ । घटनाका बिषयमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक खड्काले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update