Sagun Khabar
अफगानिस्तानमा बम विस्फोट, सात जनाको मृत्यु

काठमाण्डौं –अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।

एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।

स्वास्थ्य सन्देश
Atrya hospital

अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ ।

घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update