Sagun Khabar
बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु 

बैतडी –बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ । घटना शुक्रबार साँझतिरको भएपनि आजमात्रै बाहिर आएको हो । 

डिलाशैनी गाउँपालिका वडा नं २ पन्त्यौडामा सिँचाई योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव रिकेशबहादुर बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सिँचाई योजनाका लागि बालुवा निकाल्ने क्रममा माथिबाट खानी धसेर उनीहरु च्यापिएको र घटनास्थलमै मृत्यु भएको उनले बताए । 

यो घटनाका बिषयमा प्रहरीलाई भने जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

एकै गाउँका दुई महिलाको मृत्यु भएपछि अहिले गाउँनै शोकमग्न भएको स्थानीयहरुले बताएका छन् । पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन समेत स्थानीयहरुले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update