Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा दन्त सेवा बन्द 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –जिल्ला अस्पताल बैतडीमा तत्कालका लागि दन्त सेवा बन्द भएको छ । दन्त सेवा विभागमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभए सम्मका लागि दन्त सेवा बन्द भएको अस्पतालले मंगलबार प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

अस्पतालका निमित्त प्रमुख डा.चैतन्य जोशीले स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएकाले तत्कालका लागि दन्त सेवा बन्द भएको बताए । सेवा बन्द हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति अस्पतालले क्षमा समेत मागेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update