Sagun Khabar
सुदूरपश्चिममा मंगलबार थप ६५२ जनामा कोरोना पुष्टि 

बैतडी –सुदरपश्चिममा मंगलबार थप ६५२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा १ हजार ९७३ जनाको नमूना परीक्षण गर्दा थप ६५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पीसीआर विधिबाट परीक्षण गर्दा ३२६ र एन्टीजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १३३ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update