Sagun Khabar
बैतडीमा आइतबार फेला परेको शवको अझै पहिचान भएन,सहयोग गर्न प्रहरीको आग्रह 

बैतडी –बैतडीमा आइतबार बिहान फेला परेको एक युवकको शवको अझै पहिचान हुन सकेको छैन् । पाटन नगरपालिका वडा नं ३ र ६ को सीमाना सैन्देउ नजिक सुर्नया नदीको किनारमा आन्दाजी २५÷२६ बर्षीय युवकको शव आइतबार फेला परेको थियो । 

शवको पोष्टमार्टम गरेर जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मृतक युवकको बाँया हातको नाडीमा ‘काली ल्प्उ’ लेखिएको ट्याटु समेत रहेको प्रहरीले बताएको छ । रातो हुट,निलो जिन्स पाइन्ट र कालो जुत्ता लगाएको युवको शव फेला परेको तर अहिले सम्म कोही सम्पर्कमा नआएको प्रहरी निरीक्षक खड्काले बताए । 

मृतक युवकको हुलियासंग कसैको आफन्तको हुलिया मिलेमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update