Sagun Khabar
सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात 

बैतडी –केही दिनदेखि परीरहेको लगातार हिउँदे झरीका कारण बैतडी सहित सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । बैतडीको सतबाँझ, खोड्पे,श्रीभावर लगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । मंगलबार राती जिल्लाका विभिन्न स्थानमा हिमपात भएको हो । 

यस्तै दार्चुलाका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । लगातारको झरी र हिमपातले चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको स्थानीयहरुले बताएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

चिसोका कारण बाहिर निस्कनै मुस्किल भएको दशरथचन्द नगरपालिका १ सतबाँझका कृष्णदत्त भट्टले बताए । उनले भने ‘चिसोका कारण बाहिर निस्कनै मुस्किल भएको छ । केहीदिन यता परीरहेको झरी र हिमपातले चिसो बढेको छ ।’

चिसोका कारण बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या आउन सक्ने भएकाले हेरचाह गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । 

चिसो बढेपनि बर्षा र हिमपातले बालीनालीका लागि सहयोग पुग्ने कृषि प्राविधिकहरुले बताएका छन् । यो बर्षा हिमपातले हिउँदे फलफूलका निकै सहयोग पुग्ने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए । उनले भने ‘यो बर्षाले सिँचाईको काम गर्दछ । बालीनाली र फलफूलका बिरुवा हुर्कन यसले मद्दत पुर्याउँछ ।’
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update