Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयद्वारा परीक्षा स्थगित 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएकाले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन सङ्कायको पहिलो, दोस्रो र  तेस्रो वर्षका परीक्षा स्थगित भएका जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । 

अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएका विश्वविद्यालयले प्रकाशा गरेको सूचनामा उल्लेख गरिएको छ । यसका साथै विश्वविद्यालयले कक्षा सञ्चालन पनि अनलाइनबाटै गर्ने निर्णय भएको जनाएको छ ।   
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update