Sagun Khabar
बैतडीमा बुधबार थप ५५ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना तेश्रो लहर फैलिएसंगै जिल्लामा संक्रमणदर बढ्दै गएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

जिल्लामा आज थप ५५ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा २८ र एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिकाका २३ जना, पाटन नगरपालिकाका १३ जना, पुर्चौंडी नगरपालिकाका ४ जना र मेलौली नगरपालिकाका २ जना रहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज जिल्ला बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको छ । 

बुधबार थप ५५ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या १७६ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ५८ जना, पाटन नगरपालिकामा ३६ जना, पुर्चौंडी नगरपालिकामा १४ जना र मेलौली नगरपालिकामा ८ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा १० जना, सिगास गाउँपालिकामा ७ जना, सुर्नया गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ३७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । आज तीन जना संक्रमणमुक्त भएका कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update