Sagun Khabar
बैतडीको जनसंख्या घट्यो, दश बर्षमा ६ हजार ४९८ जना घटेको तथ्यांक 

बैतडी –बैतडीको जनसंख्या घटेको छ । २०६८ सालको जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेकोमा १० बर्षमा घटेर २ लाख ४४ हजार ४ सय पुगेको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरण अनुसार बैतडीको जनसंख्या घटेको पाइएको हो । 

यसरी हेर्दा बैतडीमा बार्षिक ह्रासदर –०.२५ प्रतिशत रहेको छ । बैतडीमा १० बर्षमा ६ हजार ४९८ जना घटेको तथ्यांक रहेको छ । 

तथ्यांक विभागका अनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या पुर्चौंडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसंख्या ३८ हजार ६६६ रहेको छ । यस्तै दशरथचन्द नगरपालिकाको जनसंख्या ३१ हजार ७८६, पाटनको जनसंख्या २८ हजार ३६० र मेलौलीको जनसंख्या २१ हजार रहेको छ ।

Atrya hospital

यस्तै दोगडाकेदार गाउँपालिकाको जनसंख्या २३ हजार ६१९, सिगास गाउँपालिकाको जनसंख्या २३हजार ४७९, डिलाशैनी गाउँपालिकाको जनसंख्या २३ हजार २३३, शिवनाथ गाउँपालिकाको जनसंख्या १८हजार २४७, सुर्नया गाउँपालिकाको जनसंख्या १८ हजार २३० र पञ्चेश्वर गाउँपालिकाको जनसंख्या १७ हजार ७८० रहेको छ । बसाईसराई लगायतका कारणले जिल्लाको जनसंख्या घटेको हुन सक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update