Sagun Khabar
स्थानीय निर्वाचनको मिति तोक्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

बैतडी –नेपाल मानव अधिकार एलाइन्स बैतडीले निर्वाचन आयोगले भने अनुसार स्थानीय तहको निर्वाचन हुनुपर्ने माग राख्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीय तहका जनप्रतिनिधि रिक्त नहुने गरेर निर्वाचन ऐन अनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा स्थानीय तह निर्वाचन २०७३ को व्यवस्था अनुसार निर्वाचन हुनुपर्ने माग गरिएको छ । 

एलाइन्सका जिल्ला अध्यक्ष नरेशकुमार पाण्डेय र केन्द्रिय सदस्य सरस्वती नेपालीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आवधिक निर्वाचिन लोकतन्त्रको जग भएकाले निर्वाचन समयमै हुनुपर्ने उल्लेख गरिएको छ । मतदान गर्ने अधिकार नागरिकको अधिकार भएकाले त्यो अधिकारको रक्षा गर्न समेत ज्ञापनपत्रमा भनिएको छ । 

निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचनका लागि सरकारको ध्यानाकर्षण गराएको भएपनि सरकारले अझै स्थानीय तह निर्वाचनको मिति तोकेको छैन् । यद्यपि सत्ता गठबन्धन भित्र आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सहमति भईसकेको छ । 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update