Sagun Khabar
एकै दिन बैतडीका ८४ वडामा काङ्ग्रेस पार्टीक‍ो प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बैतडीमा काङ्ग्रेस पार्टीले जिल्लाको ८४ वटै वडामा नेता तथा कार्यकर्ताहरु संग अन्तरक्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

गत माग ३ गतेको जिल्ला कार्य समिति बैठकको निर्णय अनुसार प्रत्येक वडामा कार्यक्रम गरिएको नेपालि कांग्रेस जिल्ला कार्यसमितिका सचिव देव राज जोशीले जानकारी दिएका छन । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानिँया राणा शासन अन्त्य गरि प्रजातन्त्र स्थापना भएको सम्झनामा पार्टीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जोशीले बताएका छन । 

सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र स्थापना  भएको दिन भएकोले वि पि कोइराला र तत्कालीन  राजा त्रिभुवन शाहको फोटोमा माल्यार्पण गरेर दिवस मनाएको पाटन नगरपालिका वडा नं ५ का अध्यक्ष फुनि सिंह बोहराले बताए । यस्तै जिल्ला भरिका कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सात सय जनाले काङ्ग्रेसमा प्रवेश गरेको जिल्ला सचिव जोशीले जानकारी दिएका छन  ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update