Sagun Khabar
बैतडीमा टिप्पर दुर्घटना, घटनास्थलमै ३ जनाको मृत्यु
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीमा टिप्पर दुर्घटना हुदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गुरुडा देखि पाटनतर्फ आइरहेको  बा ३ ख ४८७९ नम्बरको टिप्पर  दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताएका छन । टिप्पर सडकबाट करीब ५०० मिटर तल खसेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरीले उद्धार गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update