Sagun Khabar
बैतडी टिप्पर दुर्घटना अपडेट, ३ जनाको मृत्यु, ६ जना घाइते (नाम सहित)

बैतडी–बैतडीमा टिप्पर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । गुरुडा देखि पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नं को टिप्पर दुर्घटना हुदा दुई बिद्यार्थी र एक जना स्थानीय सहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता एबम प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, पाटन ३ कै १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् । ४५ वर्षीय पन्त टिप्परमा काठ लोड गर्न जादै गरेका थिए भने बिष्ट र अवस्थी सिगास माध्यमिक बिधालयमा अध्ययनरत बिधार्थि हुन ।

स्वास्थ्य सन्देश
Atrya hospital

९ जना सवार टिप्पर दुर्घटनामा पर्दा अन्य ६ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी डडेलधुरा र पाटन खोड्पे स्वस्थ्य केन्द्रमा पठाइएको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका प्रहरी जवान प्रकास बहादुर कार्कीले बताए । चालक भने फरार रहेको छन् । 

टिप्पर सडकबाट करीब ५०० मिटर तल खसेको जनाइएको छ । घटना के कति  कारणले भयो भन्ने बारे नखुलेको  प्रहरी निरीक्षक खड्काले बताएका छन । 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update