Sagun Khabar
शिवनाथकी उपाध्यक्ष चन्दले एमालेलाई दिइन सामन्तवादीको संज्ञा 

बैतडी –नेकपा एमालेबाट निष्कासनमा परेकी शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले एमालेलाई सामन्तवादीको संज्ञा दिएकी छिन् । एमालेले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नाका लागि आजको दिन ऐतिहासिक भएको भनेकी छिन् । 

उनले आफूले सामन्तवादीहरुको शोषणबाट मुक्त पाएको दिन भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन् ‘ऐतिहासिक दिन, सामन्तवादीहरुको शोषणबाट मुक्ति पाएको दिन ।’

यसअघि एमालेले पार्टीको विधान विपरीत काम गरेको भन्दै चन्दलाई पार्टीबाट निष्कासन गरेको विज्ञप्ती मार्फत जानकारी दिएको थियो । गएको स्थानीय तहको निर्वाचनमा चन्द एमालेबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । 

एमालेबाट निष्कासित चन्द कांग्रेसमा प्रवेश गर्ने चर्चा चलीरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update