Sagun Khabar
बैतडीका १० ओटा विद्यालयमा रुपान्तरण कक्षा सञ्चालन हुने

बैतडी –बैतडीका १० ओटा विद्यालयमा रुपान्तरण कक्षा सञ्चालन हुने भएको छ । लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत रुपान्तरण कक्षा सञ्चालनको तयारी भएको हो । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भिएसओ र पीसवीनको संयुक्त साझेदारीमा रुपान्तरण कक्षा सञ्चालनको तयारी भएको पीसवीनका फिल्ड सुपरीवेक्षक माधव भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

विद्यालयमा रुपान्तरण कक्षा सञ्चालनका लागि किशोरकिशोरी सहजकर्ताहरुलाई १२ दिनको तालिम समेत दिइएको छ । उनीहरुले विद्यालयमा १६ हप्ता कक्षा सञ्चालन गर्ने उनले बताए । 

ती कक्षाहरुमा लैगिंक हिंसा न्यूनीकरणका सवाल, हानिकारक प्रचलन, बालविवाह न्यूनीकरण लगायतका बिषयमा छलफल हुने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए । उनले भने ‘हामीले रुपान्तरण कक्षा मार्फत समुदायमा रहेका हानिकारक प्रचलनले निम्त्याएका हिंसा अन्त्यका लागि पहल गर्छौं ।’

रुपान्तरण कक्षामा हुने छलफलले लैगिंक हिंसा न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास गरिएको पिसवीन नेपालका हर्कबहादुर ओलीले बताए । 

बैतडीको पाटन नगरपालिकाका ५ र दशरथचन्द नगरपालिकाका ५ गरी १० ओटा विद्यालयमा कक्षा सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं,कुलौन मावि खतेडी,विरेन्द्र मावि शाहीलेक र दशरथचन्द मावि सुन्दरखालीमा कक्षा सञ्चालन हुनेछ । 

यस्तै पाटन नगरपालिकाका सरस्वती मावि सल्लेबासा,जनता मावि आरुबाटा,कृष्ण मावि पाटन,सिद्धेश्वर मावि मेलचौरा र ज्ञानेश्वर मावि विजयपुरमा कक्षा सञ्चालन हुने भट्टले बताए । 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ०१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update