Sagun Khabar
बैतडीको पाटन नगरपालिकामा लेखा अधिकृत नहुँदा समस्या 

बैतडी –बैतडीको पाटन नगरपालिकामा स्थायी लेखा अधिकृत नहुँदा सेवाग्राही मार्कामा परेका छन् ।  नगरपालिकाको आर्थिक प्रशासन शाखामा स्थायीरुपमा काम गर्ने लेखा अधिकृत नहुँदा सेवाग्राहीहरु मार्कामा परेका हुन् । 

लेखाअधिकृत कार्यालयमा नभेटिँदा अहिले सेवाग्राहीहरुले रित्तोहात फर्किनु परीरहेको छ । नगरपालिकामा भुक्तानीका लागि आउने गरेको  भएपनि लेखापाल नै नहुँदा समस्या हुने गरेको पाटन नगरपालिका ९ का रामशरण भट्टले बताए । उनले भने ‘नगरपालिकामा लेखा अधिकृत नहुँदा हामीहरुलाई धेरै समस्या भएको छ । लेखासंग सम्बन्धित काम नै हुँदैन् ।’

पाटनमा पूर्णसमय दिएर काम गर्ने लेखा अधिकृत नहुँदा आर्थिक प्रशासन शाखाबाट प्रवाह हुने सेवाहरु छिटोछरितो सम्पादन गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टले बताए । अतिरिक्त समयमा काम गर्ने लेखा अधिकृत नगरपालिकामा भएपनि पूर्णसमयका लागि कर्मचारी अभाव हुँदा योजनाको भुक्तानी , कर्मचारीको तलबभत्ता निकासा लगायतका आर्थिक कारोबारका काम छिटोछरितो हुन नसकेका उनले बताए । 

लेखा अधिकृत नहुँदा आर्थिक कारोबारसंग सम्बन्धि कामहरु प्रभावित भएका उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update