Sagun Khabar
बैतडीको  दशरथचन्दमा एमालेबाट ‘लख्खाभाइ’ मेयरका उम्मेद्वार

बैतडी-नेकपा एमाले बैतडीले  उम्मेद्वार चयनमा तिब्रता दिएको  छ । दशरथचन्द नगरपालिकाको  मेयरमा एमालेले पुष्कर जोशी (लख्खाभाइ) लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । पार्टीको  नगरकमिटि बैठकले एमाले  सुदूरपश्चिम कमिटि सदस्य समेत रहेका जोशीलाइ  मेयर पदमा सर्बसम्मत चयन गरेको  नेकपा एमाले  दशरथचन्द नगर कमिटि सचिव मनोज बोहराले  जानकारी दिए   ।

२०७४ सालको स्थानीयतहको निर्वाचनमा उनी ६२ मतले पराजित भएका थिए । उपमेयरको टुंगो लाग्न बाँकी रहेको छ ।  नगर सचिव बोहराले  दशरथचन्द नगरपालिकाका ५ वडामा उम्मेद्वारको  टुंगो लागिसकेका बताए । वडा नं  २ मा  सुर्यबहादुर  बोहरालाई अध्यक्ष पदका उम्मेद्वार बनाउने निर्णय  भएको छ ।

वडा कमिटिको  बैठकले एमाले  जिल्ला कमिटि सदस्य समेत रहेका बोहरालाई अध्यक्ष पदको उम्मेद्वार बनाउने  निर्णय  गरेको  हो । २०७४ सालको  निर्वाचनमा उनी  ६मतले   पराजित भएका थिए । दशरथचन्द नगरपालिकाको  वडा नं  १, २, ३, ६ र ७ मा सर्बसम्मत वडाध्यक्ष उम्मेद्वारको  टुंगो  लागिसकेको जनाउदै सचिव बोहराले अन्य वडामा पनि सर्बसम्मत नै उम्मेद्वार  छनोट हुने बताए  । 

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update