Sagun Khabar
बैतडीको डीलाशैनी ५ मा माओवादीबाट वडा अध्यक्षका उम्मेद्वार नाथ 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको  डिलाशैनी  गाउँपालिकामा माओवादी  केन्द्रले उम्मेद्वार  छनोटमा तिब्रता दिएको छ ।  आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादीले डिलाशैनी गाउँपालिका भित्र उम्मेद्वार  छनोटको  कार्यमा तिब्रता दिएको  हो ।

माओवादी  केन्द्रले उम्मेद्वार  छनोटको  क्रममा  वडा नं ५ मा टुंगो  लगाएको  बताइएको  छ । माओवदीले वडा नं ५  मा  दुर्गादत्त नाथलाई  अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको  अनेरास्ववियू क्रान्तिकारी बैतडीका अध्यक्ष गोबिन्द मालले जानकारी दिए ।

 वडा कमिटिको बैठकले  माओवादी  केन्द्र डिलाशैनी गाउँकमिटि सह इन्चार्ज समेत रहेका नाथलाई सर्बसम्मत वडा अध्यक्ष पदमा उम्मेद्वार  बनाउने  निर्णय गरेका  उनले बताए ।  यस्तै दलित वडा सदस्यमा भानि राम भुल लाइ उम्मेद्वार   बनाउने निर्णय भएको छ ।  बाँकी  सदस्यको  भने  केहि दिनमा टुंगो  लाग्ने बताइएको  छ ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update