Sagun Khabar
बैतडीको दोगडाकेदारमा  माओवादीले भट्टलाइ अध्यक्षको उम्मेद्वार बनायो

बैतडी-नेकपा माओवादी केन्द्रले बैतडीको दोगडा केदार गाउँपालिकामा अध्यक्षका उम्मेद्वारको  टुंगो लगाएको  छ । माओवादीले दोगडा केदार गाउँपालिकामा नबराज  भट्ट कुसुमलाई अध्यक्षको उम्मेद्वार बनाउने  निर्णय गरेको  छ ।

शनिबार  बसेको गाउँकमिटिको बैठकले  पार्टीका प्रदेश कमिटि सदस्य एवं बैतडी क्षेत्र नं २ का संयोजक समेत रहेका  नबराज भट्ट कुसुमलाई  अध्यक्षको उम्मेद्वार  बनाउने  निर्णय गरेको नेकपा माओवादी  दोगडाकेदार   गाउँकमिटि सहइन्चार्ज चन्द्रदेव जोशीले  जानकारी दिए ।

भट्टलाई  सर्बसम्मत रुपले अध्यक्षको उम्मेद्वार चयन गरिएको  उनले बताए । यस्तै  माओवादी  केन्द्रले अध्यक्षका उम्मेद्वार चयन गरेपनि उपाध्यक्षको  भने टुङ्गो  लाग्न  बाँकी रहेको  छ । छलफल चलिरहेकाले  केहि दिनमै  उपाध्यक्षको पनि टुङ्गो  लाग्ने  सह इन्चार्ज  जोशीले  बताए । 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update