Sagun Khabar
नेपाल  परिवार नियोजन संघ  बैतडी शाखाको १२औँ साधारण सभा सप्पन्न 

बैतडी  नेपाल  परिवार नियोजन संघ  बैतडी शाखाको  १२औँ  साधारण सभा आज (मङ्गलबार)  सप्पन्न भएको छ । बैतडीको पाटन  स्थित आफ्नै कर्यालयको सभा हलमा विभिन्न कार्यक्रमका बिच सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक बर्ष ०७८÷७९ को कार्यक्रमको प्रगति प्रतिबेदन सचीव रमेश कोलि र आर्थिक प्रतिबेदन कोषाध्य्क्ष देवु ठगुन्नाले पेस गरेको साखा प्रबन्धक  उद्धवदेब भट्टले बताए ।

यस्तै विभिन्न समयमा परिवार नियोजन संघ  बैतडी सखालाई  आफ्नो अमुल्य समय दिइ योगदान गरेको भनी परिवार नियोजन संघ बैतडी शाखाका पूर्व सभापति एवं पूर्व केन्द्रिय सदस्य बिष्णुदत्त जोशिलाइ कदर पत्र संगै दोसल्ला ओढाएर सम्मान गरेको भट्टले बताए ।

कार्यक्रमको सभापतित्व शाखा कार्यसमितिका सभापति मान बहादुर चन्दले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले गर्नु भएको थियो । येस्तै कार्यक्रममा उपस्थित  विभिन्न क्षेत्रका ब्याक्तीहरुले परिवार नियोजन संघ बैतडीले समाजमा गरेका काम हरुको प्रसंशा गर्दै अगामी दिनहरूमा थप प्रभावकारी ढंगले  अगाडि  बढाउन शुभकामना  दिएको भट्टले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update