Sagun Khabar
सुदूरपश्चिममा ३८४६ जनप्रतिनिधि छान्न साढे १२ हजार बढीको मनोनयन दर्ता

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिममा साढे १२ हजार बढीको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मंगलबार दिउँसो सवा ३ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेशका ९ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ७९ निर्वाचन अधिकृतको कार्यालयमा १२ हजार ६७३ जनाले उम्मेदवारी दर्ता गरेको छ । 

प्रदेशका उपमहानगरपालिका र नगरपालिकाको प्रमुखका लागि २२३ जना, उपप्रमुखका लागि १७५ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै गाउँपालिकाको अध्यक्षका लागि २५७ र उपाध्यक्षका लागि १९८ जनाको मनोनयन दर्ता भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै वडा अध्यक्षका लागि २ हजार २२९ जनाको मनोनयन दर्ता भएको छ भने महिला सदस्यका लागि २ हजार २०७ जनाको मनोनयन दर्ता भएको छ । यसैगरी दलित महिला सदस्यको लागि २ हजार ३४ जनाको उम्मेदवारी दर्ता भएको छ भने खुला सदस्यका लागि ४ हजार ६५० जनाको मनोनयन दर्ता भएको छ । 

मनोनयन दर्ता गरेकाहरुको विवरण अद्यावधिक हुने कार्य चलिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update