Sagun Khabar
सुदूरपश्चिमका सांसद मल्ल कांग्रेसबाट निष्कासित 

बैतडी –नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस डडेल्धुराका पूर्व सभापति एवं सासंद मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै कारवाही गरिएको नेपाली कांग्रेसले जनाएको छ । 

मल्लले पार्टी हित विपरीत काम गरेकाले कारवाही गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । 

‘नेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,’ मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update