Sagun Khabar
पाटनका निवर्तमान मेयर चन्दले ५ बर्षमा के गरे ? 

बैतडी –बैतडीको पाटन नगरपालिकाका निवर्तमान मेयर केशवबहादुर चन्दले ५ बर्षमा आफूले गरेको कामको विवरण सार्वजनिक गरेका छन् । पाटनमा आज एक कार्यक्रमको आयोजना गरी आफूले गरेको कामको विवरण उनले सार्वजनिक गरेका हुन् ।

गएको ५ बर्षमा आफूले राज्यबाट १९ लाख सेवा सुविधा पाएको र त्यो सेवा सुविधा सामाजिक काममा खर्च गरेको उनले बताए । 

विपन्न नागरिकलाई औषधि उपचार, एम्बुलेन्स सेवा सञ्चालन, मठमन्दिर, विद्यालय तथा क्याम्पस व्यवस्थापन, घाट व्यवस्थापन लगायतका क्षेत्रमा आफूले खर्च गरेको निवर्तमान मेयर चन्दले बताए । 

आफूले पाएको रकमबाट १ लाख पाटन बहुमुखी क्याम्पसका १ लाख छात्रवृति प्रदान गरेको, २ लाख त्रिपुरेश्वर घाट व्यवस्थापनमा खर्च गरेको, कोरोना महामारीको बेला अढाई लाख एम्बुलेन्स सेवा सञ्चालनमा खर्च गरेको उनले बताए । 

यस्तै विभिन्न व्यक्तिहरुलाई सहयोग, मठमन्दिरमा सहयोग गरेको बताउँदै चन्दले बाँकी रहेको रकम स्व.भानबहादुर चन्द स्मृति कोषमा जमा गरेको उनले बताए । कोष मार्फत आफूले सामाजिक सेवालाई निरन्तरता दिने पूर्व मेयर चन्दले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update