बैतडीमा पालिका प्रमुख, उपप्रमुखकै भोट बदर
बैतडी–जिल्ला समन्वय समिति बैतडीको मंगलबार सम्पन्न निर्वाचनमा पालिका प्रमुख, उपप्रमुखकै भोट बदर भएका छन् । समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख,उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने प्रावधान रही आएको छ ।
सोही क्रममा आज सम्पन्न भएको निर्वाचनमा उपप्रमुख पदमा २ भोट, दलित महिला सदस्यमा २ भोट र खुला सदस्यमा तीन भोट बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी हेर्दा समन्वय समितिको निर्वाचनमा बैतडीमा ७ भोट बदर भएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १०:४७
प्रतिक्रिया दिनुहोस्




