सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का महसुस, बैतडीको देउलेकमा केन्द्र बिन्दु
बैतडी –सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो १२ बजेर ५० मिनेटको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका ७ देउलेक केन्द्र बिन्दु बनाएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत धक्का महसुस गरिएको थियो ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १६:३९
प्रतिक्रिया दिनुहोस्




