पाटन नगरपालिकाले सुर्नया नदीबाट संकलन गरिएका नदीजन्य पदार्थ ढुवानी गर्न नदिने
बैतडी –बैतडीको पाटन नगरपालिकाले सुर्नया नदीबाट संकलन गरेका नदीजन्य पदार्थ ढुवानीमा रोक लगाएको छ । कार्यवाहक नगर प्रमुख राजेन्द्रसिंह बिष्टको अध्यक्षतामा निर्माण व्यवसायीहरुको समेत सहभागितामा समेत बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नगरकार्यपालिकाको बैठकले नदीजन्य पदार्थ उत्खननमा रोक लगाउने निर्णय गरिसकेकाले अर्को सूचना नभए सम्मका लागि संकलन गरेर सुर्नया नदी किनारमा राखिएका नदीजन्य पदार्थ ढुवानी गर्न नदिने निर्णय गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १७:५३
प्रतिक्रिया दिनुहोस्




