Sagun Khabar
बैतडीको सुर्नया ३ ले समाजिक सुरक्षा भत्ता टोलटोलमै गएर वितरण गर्ने 
surnya 3.jpg

बैतडी-  बैतडीको सुर्नया गउँपालिका वडा नं ३ ले टोलटोलमा गएर समाजिक सुरक्षा भत्ता वितरण गर्ने  भएको छ । मंगलबार वडा कार्यालयमा बसेको जनप्रतिनिधिहरुको पहिलो बैठकले समाजिक सुरक्षा भत्ता टोलटोलमै गएर वितरण गर्ने निर्णय गरेको हो ।

जेष्ठ नागरिक, अपाङ्ग, असाहय, एकल महिलाले पाउँदै आएको समाजिक सुरक्षा भत्ता अब टोलटोलमै गएर वितरण गरिने वडा अध्यक्ष शम्भु प्रशाद भट्टले जानकारी दिए । नागरिकहको  टाढा गएर भत्ता बुझ्नु पर्ने बाध्यतालाइ मध्यनजर गरेर आफुहरुले टोलमै गएर भत्ता वितरण गर्ने निर्णय गरेका वडा अध्यक्ष भट्टले बताउनुभयो ।

उनले भने ‘वृद्ध वृद्धाहरु, असक्त अपाँगता भएका नागरिकहरुलाइ सतबाँझ गएर भत्ता बुझ्न निकै समस्या हुने भएकाले उनिहरुको सजिलोका लागि यो निर्णय गरेका हौँ ।’सुर्नया गाउँपालिका वडा नं ३ का जेष्ठ नागरिक, अपाङ्ग, असाहय, एकल महिलाहरु सत्तबाँझ बजारमा रहेको नेपाल इन्भेस्टमेन्ट बैँकमा आएर  समाजिक  सुरक्षा भत्ता बुझ्दै आएका थिए ।

अब भने वडाले टोलमै गएर भत्ता दिने भएपछि लक्षीत समूह पनि खुसि भएका छन्। वडाले गरेको निर्णयले टाढाबाट गएर भत्ता बुझ्नु पर्ने जेष्ठ नागरिकहरुको बाध्यता हटेको  स्थानीय गोबिन्द प्रशाद भट्टले बताए । टोल टोलमा गएर भत्ता वितरण गर्ने वडाको निर्णय प्रति जेष्ठ नागरिकहरु  निकै  हर्षित  भएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update