बैतडीमा चितुवाले गाउँमैपसेर बाख्रा खान थाल्यो, स्थानीयहरु त्रसित
बैतडी- बैतडीमा चितुवाले बाख्रा खान थालेपछि किसानहरु चिन्तीत भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ को मल्लोढोलेमा फेरी चितुवाले तीन ओटा बाख्रा खाएको बताएको छ ।
वडा नं ८ का स्थानीय प्रजापती मडैका अनुसार बुधबार स्थानीय लाल सिंह बोहरा, प्रेम बोहरा र नरसिंह बोहराका घर नजिकै चराउन खोलेका बाख्रा चितुवाले खाएको हो । गत बिहीबार राति पनी वडा नं ८ मै चितुवाले गोठबाटै एकजनाको खसी लगेको थियो ।
दुई महिनाको अवधीमा दुई दर्जन खसी बाख्रा चितुवाले खाइसकेको स्थानीय तेजन बोहराले बताउनुभयो । यसरि घरनजिकै आएर चितुवाले बाख्रा खान थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । मिहेनत गरेर पालेका खसि बाख्रा चितुवाले खान थालेपछि किसानहरु चिन्तीत बनेका स्थानीय मडैको भनाई छ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १६:५८
प्रतिक्रिया दिनुहोस्




