बैतडीको पाटन नगरपालिकामा हेल्प डेस्क सञ्चालन
बैतडी- बैतडीको पाटन नगरपालिकामा नागरिक सहायता कक्ष अर्थात हेल्प डेस्क स्थापना गरिएको छ । नगरपालिकाले हेल्प डेस्क सेवा सञ्चालनमा ल्याएको हो ।
नवनिर्वाचित मेयर गौरीसिंह रावल र उपमेयर कमलसिंह बोहराको उपस्थितीमा बसेको पाटन नगरकार्यपालिकाको प्रथम बैठकले केहि दिन पहिले हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम पाटनमा हेल्प डेस्क स्थापना गरेर सेवा सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले जानकारी दिए ।
सेवा लिन नगरपालिकामा पुगेका नागरिकहरुलाई अलमल नहोस भन्ने हेतुले हेल्प डेस्क स्थापना गरिएको र यसबाट नगागरिकहरुले सहज हुने अपेक्षा गरेका उनले बताए । । हेल्प डेस्कमा एक जना कर्मचारी खटाइएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १७:२९
प्रतिक्रिया दिनुहोस्




