Sagun Khabar
बैतडीको दशरथचन्दमा वडामै भत्ता वितरण गरिने 

बैतडी –बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले दुर्गमका वडाहरुमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । एनएमबी बैंक र दशरथचन्द नगरपालिकाबीच भएको सहमसत अनुसार ५ ओटा वडामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको हो ।  

सोही सहमति अनुसार एनएमबी बैंकले एक सूचना जारी गर्दै वडा कार्यालयबाटै भत्ता वितरण गरिने जनाएको छ । बैंकको पहुँच भन्दा टाढा रहेका वडा नं २, ३, ७, ९ र ११ मा वडा कार्यालयबाटै भत्ता वितरण गरिने एनएमबी बैंकका म्यानेजर दीपक जोशीले बताए । 

बैंकले जारी गरेको सूचना अनुसार वडा नं २ मा आज र भोलि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ । यस्तै वडा नं ३ मा जेठ ३० गते, वडा नं ७ मा जेठ ३१ गते, वडा नं ९ मा असार १ र २ गते र वडा नं ११ मा असार ३ गते सामाजिक सुरक्षा भत्ता वितरण गरिने जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update