Sagun Khabar
भूमी आयोग बैतडी : पञ्चेश्वर र शिवनाथमा लगत संकलन, अन्य पालिकाको चासो छैन

बैतडी –नेपाल सरकारको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले भूमी सम्बन्धि समस्या सामाधान गर्न दुई पलिकामा लगत संकलन कार्य भइरहेको बताएको छ । अव्यवस्थित बसोबासी तथा छुटेका सुुकुम्बासीहरुलाइ व्यवस्थीत गर्न अहिले पञ्चेश्वर गाउँपालिकाले लगत संकलन गरि सकेको र शिवनाथ गाउँपालिकामा लगत संकलनको कार्य भइरहेको भुमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्म सिंह ऐर कपिलले जानकारी दिए ।

भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या पहिचान गर्ने लगायतका कामहरु अहिले भइरहेको उनले बताए । छुटेका अव्यवस्थित सुकुम्बाासी भूमीहनिहरुको तथ्यांक संकलन भइरहेको उनले  बताए  । 

पञ्चेश्वर गाउँपालिका र शिवनथा गाउँपालिका संग भूमी सम्बन्धि समस्या समाधानका लागि सम्झौता गरेर तथ्यांक संकलनको काम अघि बढाइएको ऐरले बताए । अन्य स्थानीयतहले भने चासो नदिएको पनि भूमी आयोग बैतडीका अध्यक्ष ऐरको गुनासो छ । पञ्चेश्वर शिवनाथले सम्झौता गरेर तथ्याँक संकलनको कार्य अगाडी बढाएका बेला अन्य स्थानीयतहहरुले भने यो कार्यमा खासै चासो नदेखाएको उनको  भनाइ छ ।

यद्यपी केन्द्रीय कार्यालयले लगत संकलन सम्बन्धी निकालेको ३५ दिने सूचनाका आधारमा अहिले स्थानीय सरकारका प्रमुख उपप्रमुहरु संग भने समुन्वय भइरहेको भूमी आयोग जिल्ला समिति बैतडीले जनाएको  छ । स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको लगत संकलन गरिने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update