बैतडीका ५ सडकमा संघीय सरकारको बजेट
बैतडी –बैतडीका ५ सडकमा आगामी आर्थिक बर्षमा काम हुने गरेर बजेट विनियोजन भएको छ । संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत ५ सडकका लागि बजेट विनियोजन गरेको हो ।
जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि ५० लाख, धामीगाउँ–बाइम–मनकुडा –पुर्चौंडी सडकका लागि ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलाशैनी सडकका लागि ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि ५० लाख र सतबाँझ –श्रीभावर सडकका लागि १ करोड बजेट विनियोजन भएको छ ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत यी सडकहरु निर्माण हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ०९:१३
प्रतिक्रिया दिनुहोस्




