बैतडी- विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ ज्ञापन पत्र बुझाएको छ । तालिमका लागि धनगढी आएका बैतडीका १० ओटै पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुलाइ ज्ञापन पत्र बुझाएको दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीका सह सचिव राकेश मडैले जानकारी दिए ।
ज्ञापन पत्र मार्फत अध्यानको सिलसिलामा बैतडीबाट कैलाली गएका विद्यार्थीहरुको समस्या सामाधानका लागि पहल गर्न माग गरिएको छ ।
यस्तै शिक्षा क्षेत्रको सर्वाङगण्ीय विकासका लागि काम गर्न, बैतडेली भाषा,कला संस्कृतिलाइ तराइका जिल्लामा पहिचान गराउन विभिन्न किसिमका रचनात्मक साँस्कृतिक तथा धार्मीक कार्यक्रम गर्नु पर्ने लगायतका आठ बुंदे माग अघि सारेरे ज्ञापन पत्र बुझाइएको दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीका पूर्व अध्यक्ष जेबी कुवरले बताए ।
दशरथचन्द बैतडी विद्यार्थी समाज कैलाली, बैतडी जिल्ला घर भइ अध्यानको सिलसिलामा कैलालीमा रहेका विद्यार्थीहरुले गठन गरेको समूह हो । यो समूहले समस्या परेका विद्यार्थीहरुलाइ सहयोग गर्दै आएको छ ।






