बैतडीका सिडिओ पाण्डेको सरुवा, नयाँ सिडिओ पन्थी आउँदै
बैतडी –बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा भएको छ । पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको बताइएको छ । २०७८ साल वैशाखमा प्रमुख जिल्ला अधिकारीको रुपमा आएका पाण्डेको हालै सरुवा भएको जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ ।
पाण्डेको ठाउँमा सुरेश पन्थी सिडिओको रुपमा आउने बताइएको छ । हालै सहसचिव भएका पन्थी बैतडीमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउने जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । नयाँ प्रमुख जिल्ला अधिकारी पन्थी सोमबार सम्म जिल्ला आइपुग्ने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ ०८:३५
प्रतिक्रिया दिनुहोस्




