Sagun Khabar
बैतडीमा जिप दुर्घटना, एकजना समान्य घाइते 

बैतडी –बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पाटन –पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन नगरपालिका ६ मेलतडा भन्ने स्थानमा शनिबार बिहान ४ बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मेलौलीबाट पाटन तर्फ आउँदै गरेको सुप प्र.०१–००१च ३१२५ नम्बरको जिप (टाटासुमो) दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए । 

मेलतडा खोलाको पुलबाट जिप तल खस्दा एकजना समान्य घाइते भएका छन् । पाटन नगरपालिका वडा नं ६ का आशीष पहरी समान्य घाइते भएका र उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । 

जिपमा तीन जना मात्रै सवार रहेका बताइएको छ । जीप साहु गणेश भुल आँफै चालक समेत रहेका प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update