Sagun Khabar
बैतडीमा समाजवादी अध्यक्षले रुख काट्दा बिजुलीको पोल भाँँचियोे, तीन दिनदेखि नागरिक अन्धकारमा
फोटो : दनपा १ गुरुखोलामा रुखले भाँचिएको विद्युत पोल

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोलामा बिजुलीकोे  पोल भाँचिदा तीन दिन देखि विद्युत सेवा अवरुद्ध भएको छ । नेकपा एकिकृत समाजवादी  अध्यक्ष समेत रहेका गुरुखोलाका स्थानीय महादेव भट्टले आफनै जमिनमा रहेको रुख काट्दा पोल भाँचिएपछि तीन देखि विद्युत सेवा अवरुद्ध भएको हो । 

विद्युत सेवा अवरुद्ध भएपछि गुरुखोला आसपसाका नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका छन् । विगत तीन दिन देखि विजुली नहुँदा आफुहरुलाइ समस्या भएको गुरुखोलाका स्थानीय नर  बहादुर टेरले बताए । 

विद्युतको पोल भाँचिदा दशरथचन्द नगरपालिका वडा नं १ र २ तथा सुर्नया गाउँपालिका वडा नं १ का विभिन्न स्थानका स्थानीबासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत पोल भाँचिएकै कारण रेडियो निङ्गलाशैनी जेनेरेटरबाट सञ्चालन गर्नुपरीरहेको छ । 

दशरथचन्द नगरपालिका वडा नं १ का  खाल, कलौन, झोकाली लुइटा, पितलथला , नाका र सुर्नया गाउँपालिकाको हटैराज र  दनपाकै वडा नं २ को दौला टोलमा समेत विद्युत सेवा अवरुद्ध छ ।  यता नेपाल विद्युत प्राधिकरण बैतडीका सुपरभाइजर माधव लेखकले भने  नयाँ पोल गाडेर  विद्युत सेवा सुचारु  गर्ने काम भइरहेको बताएका छन् । 

विद्युत पोल भाँचिएको बिषयमा समाजवादी अध्यक्ष भट्टले रुख काट्दा एक्कासी हावाले पोलमा ढलेको बताए । रुख पोलभन्दा धेरै टाढा रहेको भएपनि हावाका कारण पोलमा पुगेको उनले बताए । उनले भने ‘दाउराका  लागि रुख काट्यौँ,पोल भन्दा फरक साइडमा ढलाउन खोजेका हौँ, तर हावाले पोलमा बजारियो म आफै  चिन्तित छु ।’ 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update