बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा सरसफाइ
बैतडी- अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवसको अवसरमा बैतडीको त्रिपुरा सुन्दरी भगवती मन्दिरमा सरसफाइ गरिएको छ । अन्तर्राष्ट्रिय प्राथमिक उपचार दिवस तथा योगदान राष्ट्रको लागि संस्थाको स्थापना दिवसको अवसर पारेर जिल्लाको प्रसिद्ध धार्मिक स्थल त्रिपुरासुन्दी मन्दिरमा शनिबार सरसफाइ गरिएको बैतडी योगदान राष्ट्रको लागि जिल्ला शााखा अध्यक्ष नरेन्द्र साउँदले जानकारी दिए ।
दुइ वर्ष अगाडी २०७७ सालमा स्थापना भएको योगदान राष्ट्रका लागि संस्थाको स्थापना दिवसको अवसर पारेर देशभरि विभिन्न कार्यक्रम भइरहेका बेला जिल्ला शाखाले सरसफाइ कार्यक्रम गरेको उनले बताए ।
योगदान राष्ट्रक लागि संस्थाले प्राथमिक उपचार देखि लिएर जनचेतना फैलाउने र सरसफाइका काम गर्ने गर्दछ ।
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९ १३:३२
प्रतिक्रिया दिनुहोस्




